अत्तरियामा एक घण्टा चक्काजाम

अत्तरिया : कैलालीको अत्तरियामा चक्काजाम गरिएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आइतबार अत्तरियामा चक्काजाम गरेको हो।

विप्लवका कार्यकर्ताले करिव आधा घण्टा अत्तरिया चोकमा चक्काजाम गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा उनीहरुले चक्काजाम गरेका हुन्।

तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने उनीहरुको माग छ। पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने नेकपाका कार्यकर्ताले चेतावनी दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.