Agni Offset Press

भारतीय विधानसभाको चुनावपछि मात्रै दार्चुला, भारत जोड्ने पुल निर्माण थालिने

Aarati simant

धनगढी : भारतले दार्चुला र भार जाड्ने पुलको निर्माण कार्य विधानसभाको चुनाव पछि मात्रै थालनी गर्ने बताएका छ । आगामी १४ फेब्रअरीमा हुने उत्तराखण्डको बिधानसभा चुनावपछि मात्र दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माणको कार्य अगाडी बढ्ने भएको छ । नेपाल र भारतका सीमावर्ती जिल्लाका अधिकारीहरुका बीच सम्पन्न भर्चुअल बैठकमा भारतीय अधिकारीहरुले उक्त जानकारी दिएका हुन् ।

दार्चुला जिल्ला प्रशासन कार्यालयको आयोजनामा दार्चुला, बैतडी र भारतको पिथौरागढका अधिकारीहरुबीच बैठक बसेको थियो । दार्चुलाको महाकाली नदीमा मोटरेबल पुल निर्माण गर्न भारत र नेपालबीच मंगलवार सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । भारत सरकारको अनुदानमा महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने गरी पुल निर्माण हुनेछ ।

भर्चुअल बैठकमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुल निर्माणबारे एजेन्डा प्रस्तुत गरेका थिए । भारतीय पक्षले १४ फेब्रअरीमा हुने विधानसभा निर्वाचनपछि मात्र पुल निर्माणको प्रकृया अगाडी बढाउने जानकारी दिएको प्रजिअ उपाध्यायले जानकारी दिए ।

बैठकमा दुई मुलुकको सहमति र अन्तर्राष्ट्रिय मान्यता विपरीत दार्चुला सदरमुकाम खलंगा पारी धार्चुला क्षेत्रमा भारतले निर्माण गरिरहेको पक्की तटबन्ध, नेपाल–भारत जोड्ने मोटरेवल पुल, भारतीय बजारमा नेपाली मुद्राको अवमुल्यन र सीमा पुलहरु खोल्ने विषयमा नेपालले एजेन्डा राखेको बताइएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.