Agni Offset Press

सामुदायिक वन विरोधी कानुन खारेजीको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

Aarati simant

धनगढी : सामुदायिक वनको अधिकार कटौती हुने गरी ल्याएको नियमावली मस्यौदाको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश महासंघ कैलालीको आयोजनामा धनगढीमा नाराबाजीसहित सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरिएको हो ।

वन उपभोक्ता महासंघले सामुदायिक वनको अधिकार कटौती गरी तयार गरिएको ऐन नियमावली २०७८ को मस्यौदा, प्रदेश बन ऐन,तेहरो कर र वन पैदावारमा लगाएको प्रतिबन्धको विरुद्धमा आन्दोलन गरेका हुन ।

उनीहरूले ुसामुदायिक वनमा भइरहेको प्रतिगमन अन्त्य गर, सामुदायिक वनको अधिकार सुनिश्चित गर, सार्वजनिक वन अधिकार विरोधी कानुन खारेज गरु भन्ने नारासहित प्रदर्शन गरेका हुन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.