
कैलालीमा धान डुवानको ४ महिना वित्यो : किसानले पाएनन अझै राहत

अत्तरिया : गत कात्तिक एक गते आएको बेमौसमी बर्षाले किसानको धान बालीमा ठूलो क्षति भयो । बर्षकै सबै भन्दा ठूलो बर्षा आएको कैलाली र कञ्चनपुरका किसानहरुले त्यो बर्षाले गदौ बीउ पँुजि समेत जोगाउन सकेनन् ।
किसानको धान बालीमा ठूलो क्षति पुगेपछि सरकारका विभिन्न निकायाहरु अनुगमन गर्न किसानके घैर दैलोमा पुगेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा सेमत पुगेका थिए । घर दैलोमा पुगेर प्रधानमन्त्री देउवाले भनेका थिए । ‘काठमाण्डौँमा पुगेपछि किसानका पक्षमा निर्णय हुने छ । ढुक्क हुनुहोस् ।’ नबन्दै प्रधानमन्त्री देउवाले किसानको धानमा क्षति भएको ६५ प्रतिशत राहत दिने मन्त्रीपरिषद्को बैठकबाट निर्णय गराए । त्यो निर्णय भएको पनि ४ महिना वित्नलाग्यो । तर, किसान एक पैसा पनि राहत पाएका छैनन् ।
धानमा क्षति भएको किसानले वडामा आफ्नो विवरण भएको निवेदन बुझाएका थिए । कैलालीको गोदावरी नगरपालिका–५ गेटाका जगेन्द्र चौधरीले क्षतिको विवरण सहितको निवेदन वडामा बुझाए । ‘दिनभर लाइनमा लागेर क्षतिको विवरण भएको निवेदन वडामा बुझाए’ जगेन्द्रले भने । ‘सरकारले दिने भनेको राहतले गहुँबाली लगाउत सहज हुने अपेक्षा गरे । तर, राहत आएन । ऋण मागेर हिउँदे बाली लगाए । राहत आएन ।’
वर्षाका कारण धानमा भएको क्षतिका आधारमा किसानलाई राहत प्रदान गर्न कात्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । निर्णय भएको ४ महिना भयो । तर, किसानले अझै राहत पाएका छैनन् । कञ्चनपुरका किसान अमित विष्टले क्षतिको विवरण संकलन गरेर लगेको एक महिना ४ महिना भईसक्यो । तर, अझै राहत प्राप्त नगरेको गुनासो गरे । ‘धान त गयो नै गहुँ र नगदेबाली सरकारले दिने राहतबाट छर्ने सोच थियो तर राहतको पर्खाइमा गहुँ छर्दा पछि ढिला भयो । अन्तिममा ऋण मागेर गहुँ छरेको हो ।’
जिल्लाको घोडाघोडीका १२ वटा वडाका ११ हजार सात सय २७ किसान परिवारको धानमा क्षति पुगाएको छ । उक्त संख्यामा रहेका किसानको एक लाख ५० हजार ९८६ कट्ठा खेतमा लगाएको धान बालिमा क्षति पुगाएको हो । गत असोजमा परेको बर्षाले चार विघा खेतमा लगाएको आलु, नौ विघा ११२ कट्ठामा लगातयको तोरीमा क्षति पुगाएको विरणमा उल्लेख गरेको छ । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा भएको क्षतिको प्रारम्भिक क्षतिको विवरण संकलन गरी मन्त्रिपरिषद्मा पेस गरेको थियो । त्यसैको आधारमा मन्त्रिपरिषद्ले पाँच अर्ब रुपियाँ राहत वितरण गर्ने निर्णय गरेको थियो । कृषि मन्त्रालयको प्रारम्भिक विवरण अनुसार ११ अर्ब रुपियाँको क्षति भएको थियो ।
सरकारले सो राहत वितरण गर्ने अधिकार कृषि मन्त्रालयको समन्वयमा गृह मन्त्रालयलाई दिएको थियो । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले जिल्लामा धान बालीमा लगाएको क्षतिको विवरण संकलन गरी सरकार संग रकम माग गरेको जानकारी दिए । ‘कार्तिकमा आएको बेमौसीम बर्षाले धानमा पुगाएको क्षतिका लागि तथ्यांक संकलन गरी सरकारसंग रकम माग गरेको हो’, प्रमुख शर्माले भने । ‘अहिलेसम्म रकम निकास भएको छैन् ।’ रकम निकासा हुने वित्तिकै किसानलाई दिने उनको भनाई छ ।
