Agni Offset Press

मालाखेतीमा गौशालाको अवस्था बेजोग : जिम्मा लिएका व्यक्तिले छोडे, गाई मर्न थाले

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीमा चारैतिर घेरबार गरी गौशाला बनाईएको छ । लगभग दुई विघा क्षेत्रफलमा रहेको गौशालामा गाईहरु छन् । कति मरेका छन् । कति छट्पटाईरहेका छन् । गौशाला भित्र चरीचरनको व्यवस्था नहुँदा हरेक दिन गाईहरु मरिरहेका हुन्छन् । गौशाला क्षेत्रमा मरेका गाईहरु खाने कुकुर देखि गिद्धहरु दिनभर घुमेका हुन्छन् । यति हुँदा पनि कुनै पनि निकायको ध्यान नगएको स्थानीयहरुको गुनासो छ ।


स्थानीय निर्वाचनमा बलियो मुद्धाका रुपमा अगाडि सारेको छाडा पशुचौपाया व्यवस्थापन बनेको थियो । धेरै जनप्रतिनिधिहरुले छाडाचौपाया व्यवस्थापनका लागि विभिन्न ठाउँमा गौशाला निर्माण पनि बनाए । तीन बर्ष अगाडि स्थानीय युवाहरुको सक्रियतामा गोदावरीको मालाखेतीमा गौशाला स्थापना गरेको थियो । सुरुमा स्थानीय युवा मनोज मलासीले गौशाला सञ्चालनको जिम्मेवारी लिए । मलासीले जिम्मेवारीबाट छोडेपछि अर्को स्थानीय टीकाराम पार्की र राजु शार्की लगायतको टिमले सञ्चालन गरेको हो ।
सुरुमा केहि व्यवस्थित भएको गौशाला विस्तारै अव्यवस्थित हुँदै गयो । गौशाला व्यवस्थापन लगायत विभिन्न सामग्रीका लागि स्थानीय सरकारले पनि आर्थिक सहयोग गरेको हो ।
सुरुमा निश्वार्थ भनेर काम सुरु गर्ने तर, पछि विस्तारै छोड्ने प्रवृत्तिले गर्दा समस्या देखिने गरेको स्थानीहरुको गुनासो छ । ‘सुरुमा काम सुरु गर्ने तर, पछि विस्तारै छोड्ने हुँदा पशु चौपाया व्यवस्थापनमा समस्या हुने गरेको छ’ गोदावरी वडा नम्बर २ का स्थानीय हरि भट्टराईले भने । ‘काम सुरु गरिसकेपछि कतैबाट सहयोग आएन भन्ने वहान बनाउनुनै गलत कुरा हो ।’ उनले काम सुरु गरेपछि जहाँबाट भए पनि सञ्चालन गर्नुपर्ने बताए । उनले नगरपालिका भित्र नै यसरी पशुचौपाय मरिरहँदा स्थानीय तहमा जनप्रतिनिधि भएको अनुभूति समेत नभएको बताए । ‘स्थानीय सरकार छन् । स्रोत छ साधन छ’, उनले थप अगाडि भने । ‘तर, पनि गाईहरु छट्फटई मरिरहेका छन् ।’ उनले यसमा स्थानीय सरकारलाई ध्यान दिन समेत अनुरोध गरे ।


राधाकृष्ण गौसंरक्षण सेवा समितिले सञ्चालन गदैँ आएको थियो । सञ्चालन गदैँ आएको समितिले कतैबाट पनि सहयोग नआएपछि छोडेको बताएका छ । ‘सञ्चालन गरिरहेका थियौँ । एक कतैबाट पनि आर्थिक सहयोग आएन । अर्को सामुदायिक वनसंग गरेको सम्झौता पनि सकिँदा छोड्नु परेको हो’ गौ संरक्षण सेवा समितिका सह–सचिव गणेश पार्कीले भने ।
पहिलेदेखि नै गाईहरु बढी भएको भन्दै व्यवस्थित गर्नका लागि सुझाव दिएको अर्को स्थानीय रमेश भट्टराईले बताए । ‘गौशाला भित्र धेरै गाई राख्नु भन्दा पनि व्यवस्थित गर्न भनेको हो’, उनले भने । ‘तर, स्थानीयहरुको सुझावलाई वेवास्था गर्दा समस्या भयो । अहिले गाईहरु मर्न थालेको छन ।’ अहिले वनसंगको सम्झौता सकीयो भन्दै उम्किने काम भईरहेको उनले आरोप लगाए । ‘अहिले वनसंगको सम्झौता सकीयो होला । तर, ५÷६ महिना अगाडि नै लथालिंग कसरी भयो ?’ क्षमता भन्दा गाईगोरु राख्दा पनि समस्या भएको उनले बताए । अहिले गौशाला क्षेत्रमा दुई दर्जन भन्दा बढी गाईहरु मरेको उनले बताए ।


गोदावरी नगरपालिका प्रवक्ता तथा वडा नम्बर एकका वडा अध्यक्ष शर्मानन्द भट्टले छाडापशुचौपाया व्यवस्थापनकालागि मालाखेतीको गौशालालाई ५ लाख रुपैयाँ बराबर आर्थिक सहयोग गरेको बताए । ‘पोर साल छाडापुश चौपाया व्यवस्थापनका लागि नगरले आर्थिक सहयोग गरेको हो’, उनले भने । ‘बीचमा म आफै पनि कोरोना संक्रमति भएको हुँदा बुझन पाएको छैन् ।’
कैलाली र कञ्चनपुरमा छाडापशुचापौया ठूलो समस्या हो । ठाउँ–ठाउँमा गौशालाहरु निर्माण गरिएका छन् । कति व्यवस्थित छन् । त कति अव्यवस्था रहेका छन् । व्यवस्थत गौशाला नहुँदा किसानहरुको खेतबारीमा लगाएको अन्यबाली छाडापशु चौपायाले खाने कैलाली र कञ्चनपुरको साझा समस्या हुन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.