Agni Offset Press

बेलडाँडी गाउँपालिकामा ज्यालादारीमा गरिएको नियुक्ति बदर

Aarati simant

अत्तरिया : कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले तीन जना कर्मचारीहरूलाई दैनिक ज्यालादारीमा गरिएको नियुक्ति बदर गरेको छ । बेलडाँडी गाउँपालिकाको अघिल्लो महिना पुस ३० गतेको निर्णयबाट सुनिता रानालाई अहेव, निरज कठायतलाई चौकीदार र दीपेन्द्र बहादुर बिष्टलाई सुपरिवेक्षक पदमा दैनिक ज्यालादारीमा २०७९ असार मसान्तसम्म ६ महिनाको लागि नियुक्त गरिएको थियो ।

उनीहरूको नियुक्ति प्रक्रिया नियम सम्मत नरहेको भनी स्थानीय बासिन्दा र राजनीतिक दलबाट समेत विरोध भएकाले नियुक्ति बदर गरिएको आइतबार बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.