धनगढी : अमेरिकन सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग अघि सारेर धनगढीमा प्रदर्शन गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले राष्ट्रघाती सम्झौता भएको भन्दै खारेजीको माग अगाडि सारेको हो । युवा संघ नेपालले चर्को पेट्रोलियम पदार्थ मुल्य बृद्धी खारेजको माग गर्दै प्रदर्शन गरेको हो । चटकपुर स्थित प्रदेश पार्टी कार्यालयबाट युवाहरुले सुरु गरेको प्रदर्शन पार्कमोडमा कोण सभामा परिणत भएको हो ।
कोणसभामा बोल्दै युवा संघ नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चीम इन्र्चाज दीपकबहादुर सिंहले एमसीसी सम्झौता फिर्ता नगरे आन्दोलनको आधिभेरी सुदूरपश्चीम बाट शुरु हुने बताए ।
उनले महाकाली सन्धीलाई राम्रो भन्नेहरुनै सम्झौता गर्न लागेको भन्दै विरोध जनाए । कोणसभामा युवा संघ नेपालका केन्द्रीय सचिव तथा धनगढी उपमहानगर पालिका संगठन कमिटी अध्यक्ष मदनराज रेग्मीले एमसीसी नेपालका लागि घातक भएकाले उक्त सम्झौता खारेजीको माग गरे ।
‘यो एमसीसी सम्झौता देश र जनताको हितविपरित भएकाले सडकमा आउन बाध्य भएको बताए । संसदबाट राष्ट्रघाती सम्झौता पास गर्न नहुने भन्दै बिरोध प्रर्दशन गरिएको युवा संघ नेपाल कैलालीका अध्यक्ष भरत थापाले जानकारी दिए ।