वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो।

एक मन्त्रीका अनुसार सरकारले एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो। यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सिफारिस गरेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.