Agni Offset Press

आगामी तीन दिनसम्म सुदूरपश्चिम लगायतका क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Aarati simant

अत्तरिया : फेरि नेपालमा पश्चिमी वायुको प्रभाव बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव सक्रिय भएपछि आगामी तीन दिन धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना छ ।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । साथै, बागमती तथा प्रदेश(१ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीलगायत बागमती र प्रदेश १ का पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविद्को पूर्वानुमान छ । पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

त्यस्तै, बिहीबार र शुक्रबार पनि मौसम सुधार हुने सम्भावना कम रहेको महाशाखाले जनाएको छ । बिहीबार प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

भोलि राति प्रदेश–१, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । शुक्रबार पनि प्रदेश–१, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहीबार राति प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आउँदो २४ घण्टाको अवधिमा देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले त्यसको प्रभावबाट जोगिन मौसमविदले अनुरोध गरेका छन् ।

 

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.