बाजुरा : बाजुराको मार्तडी–कोल्टि सडकमा बाक्लो हिउँ जमेको छ । माघ २० र २१ गते परेको हिउँ अझै पनि गलेको छैन् । कच्ची सडकमा जोखिम मोलेर गाडी सञ्चालन गरिरहेका छन् । यो सडकमा जिप सञ्चालन हुन गरेका छन् । जिल्लाका बडीमालिका वडा नम्बर ७ र बुुढीनन्दाको वडा नम्बर ९ पोरखे क्षेत्रमा हिउँमा जोखिम मोलेर जिपहरु तान्दै घचेट्दै सञ्चालनमा रहेका हुन् ।
‘पोरखे क्षेत्र लेकाली भेगमा पर्ने हुँदा सितिमिति हिउँ गल्दैन्’, स्थानीय समेत रहेको बाजुरा पत्रकार महासंघ अध्यक्ष छक्क मल्लले भने । ‘त्यसले गर्दा हिउँ जमेको ठाउँमा डोरीले तानेर भए पनि जिपको यात्रा गर्ने गरेका छौँ ।’ उनले जोखिम मोलर यात्रा गरिरहेका जानकारी दिए । पोरखे क्षेत्रमा ५ फिटसम्म हिउँ जम्छ । माघ २० र २१ परेको हिउँ अझै पनि कतै २ फिटसम्म बाँकी नै रहेको उनले जानकारी दिए ।
‘यो सडक कालोपत्रेका लागि पटक–पटक टेण्डर आह्वान भए पनि निर्माण हुन सकेको छैन्’ मल्लले भने । ‘यसले गर्दा बाजुराको पुर्वी क्षेत्रका नागरिकहरुले पाउनु दुख पाएका छन् ।’
यो सडक खण्डमा कामको जिम्मा पाएको निर्माण कम्पनीले सामान्य काम पनि नगर्दा गाडी तानेर यातायात सञ्चालन गर्नु परेको स्थानीयहरु बताउने गरेका छन् ।
मार्तडी देखि कोल्टिसम्म ४० किलोमिटर कालोपत्रे गर्ने गरि प्रदेश र संघ सरकार बाट बिनियोजन भएको थियो ।
मार्तडी देखि कोल्टिसम्म तीन खण्डमा पूूर्वाधार विकास कार्यलय अछामले टेण्डर गरेको छ । मार्तडीदेखि चुथिसम्म ९ किलोमिटर पहिलो खण्ड, चुथि देखि ढम्कने सम्म ५ किलोमिटर दोस्रो खण्ड र चुथि देखि कोल्टिचौरसम्म २६ किलोमिटर ठेक्का गरेर कार्यालयले निर्माण कम्पनीलाई जिम्मा दिएको छ ।
काम भईरहेको पूूर्वाधार कार्यालयको दावी रहेको छ । २०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टि सडक निर्माण भएको २२ बर्ष सम्म पनि पुरा हुन सकेको छैन् । २०५६ फागुन ७ गते तत्कालिन जिल्ला सभापति लालबहादुर थापाले उक्त सड्कको शिलन्यास गरेका थिए ।
बाजुरामा हिमपातका कारण ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्मे भएकाले यात्राका लागि समस्या भएको यातायात व्यवसायीले बताएका छन् । सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी हुँदा जिप सञ्चालन हुन सकेको छैनन् ।
सम्बन्धित पाेस्टहरु