Agni Offset Press

बैतडीमा मृत भेटिएकी महिलाको हत्या, सौता पक्राउ

Aarati simant

बैतडी : सौताको हत्या गरेको आरोपमा बैतडी प्रहरीले दोगडाकेदार गाउँपालिका–२ मल्लाढिककी ५५ वर्षीया नारु महरालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार नारुलाई ४० वर्षीया सौता चन्द्राको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए । यही माघ १८ गते चन्द्रा घर नजिकैको बाँझो घरमा मृत फेला परेकी थिइन् । उनको घाँटी र मुखमा चोट लागेको थियो । नारुले घटना अघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.