समाजसेवी धुर्वसिंहले छोरीको जन्मदिनमा असायलाई भोजन खुवाए

धनगढी : धनगढी उपमहानगरपालिका–८ कान्तिपुर निवासी धुर्वबहादुर सिंहले छोरीहरुको जन्मदिनमा तारानगरमा रहेको मानवसेवा आश्रममा पुगेर असायलाई भोजन खुवाएका छन् । उनले बुधबार छोरी रशिका र अपेक्षा सिंहका जन्मदिनको अवसरमा भोजन खुवाएका हुन् ।


समाजसेवामा अग्रसर धुर्वसिंह धनगढीमा रहेका डिलाईट इङलिस स्कूलका प्रिन्सिपल तथा बाजुरेली सेवा समाजका कोषाध्यक्ष समेत हुन् । छोरीहरुको जन्मदिनको अवसरमा आश्रममा पुगेर भोजन खुवाएको उनले बताए । ‘जन्मदिनका नाममा फजुल खर्च गर्नु भन्दा असाय दुखीहरुलाई सेवा गर्दा आत्मसन्तुष्टि हुन्छ’, उनले भने ‘त्यसले गर्दा छोरीहरुलाई पनि यस्ता कार्य गर्नमा उत्प्रेरणा दिएको हो ।’

समाजसेवी धुर्व सिंहले यस अघि माघ १५ गते पनि आफ्नो जन्मदिनमा क्यान्सर पीडित ममता बचाउ अधियानलाई ५ हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरेका थिए । उनी पछिल्लो समय सामाजिक कार्यमा अग्रसर रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.