Agni Offset Press

डोटीमा किशोर मृत फेला, भीमदत्त राजमार्ग अवरुद्ध, यात्रुहरु समस्यामा

Aarati simant

अत्तरिया : सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध पारिएको छ । बुधबार राजमार्गमा एक किशोर मृत भेटिएपछि स्थानीयवासीले राजमार्ग अन्तर्गत डोटीको गोगनपानीमा सडक अवरुद्ध पारेका हुन् ।

घटनाको छानबिनको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् । स्थानीयको अवरोधले लामो तथा छोटो दुरीका यातायातका साधनहरु प्रभावित भएका छन् । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् । डोटीको जोरायल गाउँपालिका१ गोगनपानीमा एक किशोर मृत अवस्थाम भेटिएका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिका(१ भुसुका १६ वर्षीय भानुनाथ बुधबार मृत फेला परेका हुन् । २३ गते राति विवाहबाट फर्किएका नाथ सम्पर्कविहीन थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.