Agni Offset Press

गोदावरी नगरमा खोप अभियान : ११ हजार ५ सय विद्यार्थीले लगाए खोप

Aarati simant

अत्तरिया : सरकारले फागुन एक गते बाट विद्यालय सञ्चालनको तयारी गरिहरको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तह र जिल्ला प्रशासनलाई खोप लगाएकाहरुको तथ्यांक समेत मागी रहेको छ । कैलालीको गोदावरी नगरपालिकाले पनि विद्यार्थीमा खोप लगाउने अभियान तिब्र पारेको छ । यहि माघ १८ गतेदेखि विद्यार्थीहरुमा कोरोना बिरुद्धको खोप लगाउन अभियान शुक्रबारसम्म सञ्चालन हुने छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार बुधबार सम्म ११ हजार ५ सय विद्यार्थीहरुले खोप लगाएका छन् ।
नगरभित्र २ सय भन्दा बढी विद्यार्थीहरु विद्यालयलाई खोप केन्द्र मानेर खोप सञ्चालन गरिरहेको छ । खोप अभियानमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ । नगरपालिका भित्र ११ हजार १ सय ६० जना विद्यार्थीहरुलाई खोप लगाइने लक्ष्य थियो । तर, नगरले दुई दिन बाँकी छदैँ लक्ष्य भन्दा माथि खोप लगाएको छ ।
१२ बर्षदेखी १७ बर्ष उमेर समूहका बालबालिकाहरु खोप लगाउन उत्साहित भएपछि लक्ष्य भन्दा बढीले खोप लगाएका नगरले जनाएको छ ।
अझै खोप अभियान जारी रहेकाले खोप लगाउनेहरुको संख्या बढ्ने स्वास्थ्य शाखाले बताएको छ । ‘खोप लगाउने क्रम जारी रहेको छ ।’, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले भने । ‘शुक्रबार सम्म अभियान जारी रहने छ ।’ नगरपालिका भित्रै दुर्गा लक्ष्मी, सैनिक स्कूल र शारिरिक अपाङ्गता भएका बालबालिकाहरु अध्ययन गर्ने सुप समाबेशी विद्यालय लगायत २५ ठाउँम मा खोप अभियान जारी रहेको छ । अहिले लगाएको खोप गोदावरीको मात्र नभएर अन्य क्षेत्रको पनि भएको हुँदा लक्ष्य भन्दा माथि पुगेको अवस्थीले जानकारी दिएका छन् ।
थप ८९ जनामा कोरोना संक्रमण
सुदूरपश्चिम थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार १४६ जनाको एन्टिजेन र ९५ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।
संक्रमण पुष्टि भएकामध्ये २० जना भारतबाट फर्केका नागरिक हुन् । बुधबार सुदूरपश्चिमका नाका भएर १ हजार १७६ जना स्वदेश फर्केका छन् । निर्देशनालयका अनुसार प्रदेशमा २ हजार २७९ जना सक्रिय संक्रमित पुगेका छन् । उनीहरुमध्ये ४७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन् ।
देशभर पछिल्लो २४ घण्टामा नेपालमा थप २,४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, सोही अवधिमा थप ७७७७ जना संक्रमणमुक्त भएका छन् भने थप १४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् । मन्त्रालयले संक्रमण दर कम हुँदै गएपनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.