Agni Offset Press

स्थानीयतह निर्वाचनको चर्चा : दार्चुला दुहुँकाे अध्यक्षका लागि जोशीको उम्मेदवारी

Aarati simant

ललित सामन्त
दार्चुला : सरकारले आसन्न वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ । निर्वाचनको मिति तोकेसँगै निर्वाचनको परिचर्चा सुरु भएको छ । आगामी स्थानीय तहमा कस्ता उम्मेदवार आउने, कसलाई जिताउने विषयमा यति बेला सामाजिक सञ्जालदेखि चियापसलहरुमा समेत स्थानीय निर्वाचनको चर्चा सुरु भएको हो ।
दार्चुलाका ९ वटा स्थानीय तहमा ६१ वडा छन् । स्थानीय तहको निर्वाचनको लागि अहिलेसम्म दुहुँ गाउँपालिकामा एक जनाले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि सहकारी संस्थामा आवद्वरहेका धनराज जोशीले आगामी वैशाखमा हुने निर्वाचनको लागि आफु दुहुँ गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा ‘स्थानिय तह निर्वाचन २०७९ मा दुहुँ गाउँपालिका अध्यक्षको लागि तयारीमा छु । सबैको साथ सहयोगको अपेक्षा गर्दछु ।’
दुहुँ गाउँपालिकामा २०७४ को निर्वाचनमा नेपाली काँग्रेसले जितेको थियो । नेपाली काँग्रेसबाट पूलेन्द्रबहादुर कार्की अध्यक्ष र ईश्वरी जोशी उपाध्यक्षमा निर्वाचित छन् । यो गाउँपालिकाको सबै वडा समेत काँग्रेसले जितेको ठाउँ हो ।
अहिले उम्मेदवारी घोषणा गरेका जोशी पनि नेपाली काँग्रेस निकट हुन् । जिल्लामा सहकारी आन्दोलनका अभियन्ता तथा केदारनाथ बचत तथा ऋण सहकारी संस्थाका प्रवबन्ध निर्देशक रहेका जोशीले यो पटक आफु दुहुँको लागि बलियो उम्मेदवार भएको उल्लेख गरेका छन् । अध्यक्षका उम्मेदवार जोशी गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीका श्रीमान हुन्

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.