Agni Offset Press

प्रदेश लोकसेवा आयोगले निर्वाच अगाडि नै विज्ञापन खोल्ने

Aarati simant

धनगढी,२७ माघ : सुदूरपश्चिममा प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने भएको छ। बिहिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नीतिगत अस्पष्टता हटाउने निर्णय गरेपछि प्रदेश लोकसेवा आयोगले निर्वाच अगाडि नै विज्ञापन खोल्ने भएको हो।

प्रदेश सरकारका प्रवत्ता समेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीका अनुसार आजको मन्त्रिपरिषद् बैठकले संघीय सरकारको स्वीकृत दरबन्दीअनुसार प्रदेशको मन्त्रालय र मातहतका निकायमा रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न लोकसेवालाई लेखी पठाउने निर्णय गरेको छ।
लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टले भने माग आकृति फाराम भरेर आइसकेपछि क्यालेन्डर बनाएर विज्ञापन गरिने जनाए। आयोगले पटकपटक खाली रहेका दरबन्दी पदपूर्तिका लागि विवरण पठाउन स्थानीय तह र प्रदेश सरकारलाई आग्रह गर्दै आएको थियो। सुदूरपश्चिम प्रदेशमा २३ सय बढी स्वीकृत दरबन्दी रहेकोमा झण्डै ४५ प्रतिशत रिक्त रहेको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.