प्रदेश सरकारको बारेमा अध्यायन गरेको पुुष्तकमा सम्बाद
धनगढी : ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस) ले गरेको सुदूरपश्मि प्रदेशका बारेमो गरेको अध्ययनका बारेमा सम्बाद भएको छ । अध्ययनमा प्रतिवेदन बिहिबार सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेशले ४ बर्षमा कानुन निर्माण देखि शुशासन कायम गर्ने मुख्य सवाल बनाएर अगाडि बढेको अध्ययनमा उल्लेख गरेको छ ।
अनुसान्धान कर्ता शेखर पराजुलीले प्रदेशमा काम गर्न खोजे पनि कर्मचारीको दरबन्दीका कारण काममा असहजता देखिएको बताए । ‘आधारभूत कानुन बनाएका छन्’, उनले भने । ‘संघीय सरकारका कारण प्रदेशले आफुले कानुन बनाउन सकेको छैनन्’, पराजुलीले प्रस्तुत गरेको प्रनिवेदनमा भनिएको छ । बीचमा नेपाल कम्युनिष्ट पार्टी एकीकरणलाई सर्वोच्च अदालतले मान्नेता नदिएपछि प्रदेश सकारको काम कारवाहीमा असर परेको देखिएका उनले उल्लेख गरेको छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणमा समन्वयकारी भूमिका खेलेको हुँदा धेरै सहज भएको उनले उल्लेख गरेका छन् । पालिकाहरुले पनि आफ्नो साईट निर्माण गरिएको देखिएको पराजुलीले प्रतिवेदनमा भनिएको छ ।
जनतामा भूमिआयोग खारेजीले गर्दा निरासापन देखिएको उनले बताए । प्रदेशमा तीन तहको सरकार बीच समन्वय नहुँदा समस्या देखिएको अध्ययनमा पाएको प्रतिवेदनमा उल्लेख गरेको छ । ‘तीन तहबीच समन्वय कमजोर देखिएको छ’, उनले भने । ‘समन्वय नहुँदा एकै ठाउँमा दोहोर बजेट पर्ने मसस्या देखिएको छ ।’
कार्यक्रमका वक्ताका रुपमा रहको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्रदेश सरकारले ४ बर्षमा धेरै कुरा गरेको दावी गरे । संस्थापक प्रदेश सरकार हुँदा पनि प्रदेश सरकारले धेरै कार्य गरेको उनले बताए । अन्य प्रदेशको भन्दा स्वास्थ्यमा सुदूरपश्चिम प्रदेश अगाडि रहेको मन्त्री खड्काले दावी गरे । उनले सचिवहरु प्रदेशमा नटिक्ने समस्या रहेको उल्लेख गरे । यस्तै अर्को वक्ता प्रदेश न्यायधिवक्ता कुलानन्द उपाध्यायले अनुसन्धानको दायरा फराकीलो बनाउनुपर्ने सुझाए । यस्तै गैरसंरकारी संस्था महासंघकी केन्द्रीय सदस्य सावित्रा घिमिरेले समस्या मात्र आएको तर, समाधान नआएको कुरा उल्लेख गरिन् ।
गुणात्मक विधिमा प्रदेशका कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, र टीकापुरमा नगरपालिकामा अध्ययन गरेको हो ।
सम्वाद कार्यक्रमका सहभागिले अनुसन्धानको दायरा साघुँरो भएको बताए । इन्सेक सुदूरपश्चिम संयोजक खड्कराज जोशीले अनुसन्धानको दायरा पहाडी जिल्लामा पनि गर्नुपर्ने औल्याए । फाया नेपालका अध्यक्ष शेरबहादुर देउवाले तीन तहको सरकार बीच समन्वय नदेखिएको कुरा उल्लेख गरे ।
यस्तै प्राध्यापक राजेन्द्रविर चन्दले समस्या मात्र प्रतिवेदनमा उल्लेख भएको बताए । उनले समस्या पनि उल्लेख हुनेपर्ने कुरामा जोड दिए ।
वेस कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य पत्रकार कर्ण शाहले गरेका हुन् ।