स्थानीय तहको निर्वाचन : सुरु भयो दलहरुमा चुनावी सरगर्मी
अत्तरिया : सरकारले आसन्न वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । निर्वाचन घोषणा गरेसंगै दलहरुले निर्वाचनको तयारीका लागि आन्तरिक छलफलमा छन् ।
दलहरु कुन स्थानीय तहमा कस्को उम्मेद्वारी रहने गृहकार्यमा लागेका हुन् । विभिन्न दलहरुको नेता कार्यकर्ताहरु वडा, क्षेत्र तथा जिल्ला सम्पर्क कार्यालहरु खोल्न जुटेका छन् । कैलालीका १३ वटा स्थानीय तहमा कुन दल कति मतले बलियो भन्ने कुराको चर्चा सुरु भएको छ । यस अघि पाएको मतलाई हिजोआज चिया चौतारीमा व्यापक रुपमा चर्चा हुने गरेको हो ।
यस पटक विगतको भन्दा फरक निर्वाचन हुने राजनीतिसंग जानकारहरु बताउने गरेका छन् । यस अघिको देशकै सबै भन्दा ठूलो दल नेकपा एमाले फुटेको हुँदा निर्वाचन मत परिणाम अहिले नै आकांलन गर्न नसकिन्ने भन्नेहरु धेरै छन् ।
कैलालीको सबै भन्दा चासोका साथ हेरिएको धनगढी उपमहागरपालिकामा आंकाक्षीहरु आफ्नो माहोल बनाउन तल्लिन भएका छन् । धनगढीमा यस अघिकै उम्मेद्वार बीच प्रतिस्पार्धा हुने आकांलन गरिन थालिएको छ । यस अघि स्वतन्त्र रुपमा उम्मेद्वार भनेको गोपाल हमाल, अहिलेका धनगढीका मेयर नृप वड बीच नै प्रतिस्पार्धा हुने कुराले चर्चा पाएको छ । यद्यपी दलहरुले उम्मेद्वारीको टुङगो लगाएका छैनन् । धनगढीमा नेता कृष्ण महराको पनि मेयरमा आकांक्षी रहेको कुरा वाहिर आएको छ । धनगढीका व्यवसायी एवं समाजसेवी गोपाल हमाल पुनः उम्मेदवार बन्ने ध्याउन्नमा छन् । उनी सामाजिक सञ्जाललाई भरपुर उपयोग गर्दै आफ्नो पक्षमा माहोल सिर्जनामा जुटेका हुन् ।
उनले गत निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । हालका मेयर वडले १४ हजार ३२४ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी रहेका हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवार क्रमशः तेस्रो र चौथो स्थानमा सीमित रहे ।
अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका हमाल आगामी निर्वाचनमा भने विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिने तयारीमा छन् । तर अझै स्वतन्त्र रूपमा उम्मेदवारी दिने वा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिनेबारे औपचारिक निर्णयमा पुग्न नसकेको उनको भनाई छ ।
यस्तै नेकपा एमालेबाट रणबहादुर चन्द, राजेश खाती, यज्ञराज बास्तोला, दुर्गा जोशी लगायतको नाम चर्चामा आउन थालेको छ । त्यस्तै एकीकृत समाजवादीबाट राजेश भण्डारी लगायतको नाम पनि चर्चामा रहेको छ । यस्तै प्रदेशको स्थानीय राजधानी तोकेको गोदावरी क्षेत्रमा पनि निर्वाचनको माहोल बनाउन दलहरु तल्लिन भएका छन् । यो क्षेत्र माउवादीबाट प्रवेश गरेका नेता लेखराज भट्टको कार्य क्षेत्र भएको हुँदा धेरैले चासोका साथ हेरेका छन् । एमालेले प्रदेशस्तिरीय प्रशिक्षण पछि निर्वाचन गतिविधिहरु थप श–सक्त भएर अगाडि बढ्ने बताएको छ । ‘अहिले वडा कार्यालहरु खुल्ने देखि टोल भेलाहरु गर्नेक्रम तिब्र पारेको छ’, एमाले गोदावरीका नगर अध्यक्ष गोकर्ण भट्टले भने । ‘यहि फाुगन १६ र १७ गते हुने प्रशिक्षणपछि थप श–सक्त भएर अगाडि बढ्ने छौँ ।’ गोदावरीमा गोकर्ण भट्टको मेयरको उम्मेद्वार हुने चर्चा समेत रहेको छ । यस्तै काँग्रेसले पनि आफ्नो चुनावी गतिविधि अगाडि बढाएको छ । काँग्रेसले पार्टीको आन्तरिक निर्वाचन भएको दुई धारलाई एक ठाउँमा भएर निर्वाचन गतिविधिहरु सञ्चालन गरीरहेको बताएको छ । काँग्रेस गोदारीका नगर सभापति बसन्त रोकाया (ललित)ले जसरी पनि स्थानीय निर्वाचनमा नगरमा काँग्रेसको जित हुने गरि अगाडि बढेको बताए । यद्यपी उम्मेद्वार भने पार्टीमा छलफलपछि मात्र तय हुने उनले बताए ।
२०७४ को स्थानीय चुनावमा गोदावरी नगरमा नेकपा एमालेबाट हरिसिंह साउँद ९ हजार ८७० मत ल्याएर विजयी भएका थिए । कांग्रेसका बिरेन्द्र भट्टले ८ हजार ४५७ मत ल्याउँदा नेकपा माओवादीबाट गोकर्ण भट्टले ६ हजार ४८१ मत ल्याएका थिए ।
नेपाली काँग्रेस कैलालीका कार्यवाहक सभापति प्रकाश बमले अरू पार्टीहरूले सरकारले चलाउँदा जनताले पाएको दुख सम्झिँदै काँग्रेस नै अबको वैकल्पिक शक्ति भएको दाबी गरेका छन् । उनले कैलाली काँग्रेस गएको निर्वाचनमा भएका कमी कमजोरी समेत सुधार गर्दै जनताको माझमा जाने बताए । ‘कैलाली काँग्रेस स्थानीय निर्वाचन हुन्छ भन्ने मानसिकता सकारात्मक रूपमा बसिसकेका थियौँ । गएको निर्वाचनमा भएका कमी कमजोरीहरू लाई मूल्याङ्कन गर्दै कमी कमजोरी हरूलाई सुधार्दै जिल्लाभर ८० प्रतिशत बढी स्थानमा जित हासिल गर्ने उद्देश्य र तारीका साथ हिनेकाछौं ।’ उनले भने ।
जिल्लामा स्थानीय तहको निर्वाचनका नेपाल एकीकृत समाजवादी (नेकपा एस) का नेता विमल जोशीले पार्टीलाई पहिलो स्थान आउने गरी वडा तहमा संगठन बनाउने क्रममा रहेको बताए । ‘हामी काराकर्ताको तर्फबाट हेर्नु हुन्छ भने सुदूरपश्चिम प्रदेशमै ठुलो पार्टी हौँ । जनताको तर्फ कुरा गर्नु हुन्छ भने जनतामा हामी गई रहेका छौँ । अहिले हाम्रा वडा, गाउँ, नगर, उप–महानगर, जिल्ला, क्षेत्रीय लगायतका सबै कमिटी क्रियाशील नै छन् । हामी जनताको बिच मै छौँ । जन प्रतिनिधि पनि सबै भन्दा बढी हाम्रै पार्टीमा छन् । यसरी नै हामी जनताको बिचमा गइरहेका छौँ ।’ उनले भने ।
नेकपा माओवादी केन्द्रका पूर्व धनगढी उप–महानगर इञ्चार्ज तथा प्रदेश कमिटी सदस्य निर्मल शाहले सरकारको निर्णयको स्वागत गर्दै अरू पार्टीहरू विचार विहीन भइराख्दा खेरी आफ्नो पार्टीले सबै नेता कार्यकर्ता लाई समेटेर स्थानीय निर्वाचनमा जाने बताए । उनले सबैको आशा र भरोसाका रूपमा माओवादी केन्द्र अगाडी बढिरहेको बताए ।
यसैगरी, नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतनबहादुर थापाले दबाब पश्चताका सरकारले निर्वाचनको मिति घोषणा गरेको निर्णय स्वगत योग्य रहेको बताए । अरू पार्टीले सरकार चलाएका ३० वर्ष र एमाले ले ३ वर्ष सरकार चलाउँदा के कति विकास र राष्ट्रको हितमा काम भयो त्यति दाँजे पुग्ने बताउँदै थापाले नेकपा एमाले जनताका मुद्दा लिएर जनतामाझ खुसी भएर जाने बताए ।