कैलारी गाउँपालिकाका जेष्ठ नागरिकलाई सिरक

धनगढी : कैलारी गाउँपालिका वडा नंम्बर ६ का जेष्ठ नागरिकलाई सिरक बितरण गरिएको छ । शनिवार सुरक्षित मातृत्व संजाल महासंघ नेपालको आयोजनामा कैलारी गाउँपालिका ६ का ३ सय जेष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो ।
नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा आरजु राणा देउवाको पहलमा माण्डवी संस्थाको आर्थिक सहयोगमा प्रत्येक जेष्ठ नागरिकलाई एकका दरले ३ सय सिरक बितरण गरेको सुरक्षित मातृत्व संजाल महासंघ नेपाल कैलालीका संयोजक तपेन्द्र भुुषालले जानकारी दिए ।
सो कार्यक्रममा पुुगेकी माण्डवी संस्थाकी अध्यक्ष अन्जु झाले आफ्नो संस्थाले मधेष प्रदेशका बिभिन्न जिल्लामा काम गरिरहेको भएपनि नेपाली काँग्रेसकी नेतृ डा आरजुुले आफ्नो निर्वाचन क्षेत्रका जेष्ठ नागरिकलाई न्यानो सिरक बितरण गर्न आग्रह गरेपछि यहाँ बितरण गरिएको बताईन । उनले पुुष महिनामै बितरण गर्ने योजना रहेपनि कोभिडका कारण ढिलाई भएको बताईन ।
वडा अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा भएको सिरक वितरण कार्यक्रममा नेपाली काँग्रेसका नेता आशाराम चौधरी, रामसमझ चौधरी, जिवन राना, डण्डी सुुबेदी, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी लगायतले जेष्ठ नागरिकलाई सिरक हस्तान्तरण गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.