Agni Offset Press

महिलाबाट पुरुषको दारी, कपाल काट्ने निशुल्क तालिम धनगढीमा हुने

Aarati simant

अत्तरिया, १ फागुन : धनगढीमा महिलाबाट पुरुषको दारी, कपाल काट्ने तालिम सञ्चालन हुने भएको छ । धनगढी मिलनचोकमा रहेको गितान्जली युनिसेक्स सेलुनको आयोजनामा बिबिसी ट्रेनिङ्ग सेन्टरको सहकार्यमा तालिम आयोजना हुन लागेको हो । रोजगारीको सुनिश्चितता सहित महिलाहरुको लागि बर्वर तालिम सञ्चालन हुने सेलुन सञ्चालक झुम अधिकारीले जानकारी दिए । ‘विपन्न तथा हिंसामा परेका महिलाहरुका लागि निशुल्क तालिम आयोजना हुने छ’, अधिकारीले आईतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गदैँ भने । ‘यसमा ३० बर्ष भन्दा कम उमेर भएको जो सुकै महिलाहरुले पनि भाग लिन पाउने छन् ।’ तालिममा १० जना सहभागि हुने उनले बताए । गितान्जली सेलुनले यस अघि ३ सयलाई शुल्क लिएर ब्युटिसियन तालिम पनि सञ्चालन गरेको थियो । ब्युटिसियन तालिम निरन्तर चलिरहेन जनाएको छ ।
‘धनगढी आसपासका सेलुनहरुमा ७० प्रतिशत भन्दा बढी भारतीय कामदार रहेको छन्’, अधिकारीले भने । ‘बुटवलबाट तालिम दिने व्यक्तिहरु ल्याएर तालिम सञ्चालन गरिरहेका छौ । यसले गर्दा यहाँका नागरिकहरुलाई धेरै नै फाईदा लिने छन् ।’
धनगढीमा झण्डै २ सय भन्दा बढी सेलुन भएको अवस्थामा ७० मात्र दर्ता प्रक्रियामा रहेको उनले दावी गरे ।


Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.