Agni Offset Press

स्थानीयतहको निर्वाचन : कांग्रेस गोदावरी–२ को पार्टी कार्यालय उद्घाटन

Aarati simant

अत्तरिया : नेपाली कांग्रेस गोदावरी नगरपालिका वडा न २ को कार्यालयको उद्घाटन गरेको छ । वडा न २ को खानेपानी नजिकै तेघरीमा स्थापना गरिएको वडा कार्यलयको आईतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि काँग्रेस महासमिति सदस्य भगवती पाठक र विशिष्ट अतिथि कैलाली क्षेत्र न ४ का सभापति बसन्त रोकाया ललितले रिवन काटेर संयुक्त रुपमा पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि पाठकले वडाका सम्पूर्ण गतिविधिहरु सञ्चालन गर्नका लागि अब वडा कार्यसमितिलाई सहज हुने बताइन् । ‘अहिले आफ्नै पार्टीका नेताहरुका बिरुद्ध चिया खाने बहानामा एउटा खोका भित्र, चोकमा र सडकका छेउमा बसेर अनिक किसिमका टिकाटिप्पोणि भइरहेको पाइन्छ, वास्तमा त्यो कार्य गलत हो’ उनले भनिन् । ‘अब यसरी पसलमा, चोकमा कुरा गर्नुभन्दा आफ्ना के कुरा हुन्छन् पार्टी कार्यालयमा आउने आफ्ना कुराहरु राख्ने गर्नुहोला ।’
यस्तै क्षेत्रिय सभापति वसन्त रोकाया ललितले सबैको चाहाना काँग्रेसलाई कसरी सुदृढ बनाउने र आगामी आउदै गरेका निर्वाचनमा कसरी पहिलो पार्टी बनाउने भन्ने रहेको बताए । उनले आफुहरुको आन्तरिक चुनाव सकिएकाले अब आगामी तिनै तहको निर्वाचनमा काँग्रेसलाई बहुमतका साथ विजयी गराउन तर्फ सबैले जोड दिनुपर्ने बताए ।
यस्तै क्षेत्र नं ४ प्रदेश ख का सभापति गोपाल दत्त भट्टले १४ औँ महादिवेशनमा भएका तिता मिठा कुराहरुलाई भूलेर निर्वाचित भएका र पराजय भोगेका सबै काग्रेसकै कार्यकर्ता भएकाले आफूले सबैलाई मिलाएर लैजाने बताए । उनले जितेका र हारेका बिच कुनै आग्रह पूर्वाग्रह नराखी सबैलाई समेटेर कार्यक्रमहरु आयोजना गर्न सम्पूर्णमा आग्रह गरे । कैलाली क्षेत्र नं ४ का पूर्व क्षेत्रिय सचिब एबम् जिल्ला उप सभापतिका उम्मेदवार लोकराज पाण्डे आगोले यहाँ ब्यक्ति भन्दा पार्टी ठूलो कुरा भएकाले सबैले आफ्ना लागि नभई पार्टीका लागि लाग्नुपर्ने बताए ।
यस्तै अर्का उपसभापतिका उम्मेदवार प्रकाश देउवाले वडा कार्यालयको उद्घाटन हुनु एउटा विशिस्ट कार्यको थालनी भएको बताए । कार्यक्रममा गोदावरी नगर सचिब अशोकराज देवकोटाले पार्टी कार्यालय स्थापना हुनु भनेको पार्टीका काम कारबाहीहरु सिस्टममा चल्नु रहेको बताए । उनले अब गोदावरी नगरपालिका संगै १२ वटै वडामा काग्रेसका उम्मेदावरहरुलाई बहुमतका साथ बिजयी गराउन सबैले आ–आफ्नो क्षेत्रवाट महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा जिल्ला सदस्यका उम्मेदवार प्रेमराज भट्टले स्थानिय तहको निर्वाचनको मिति घोषणा भैसकेको अबस्थामा अब अब काग्रेसका सबै कृयशिल सदस्यहरु स्थानिय निर्वाचन तर्फ केन्द्रित हुनुपर्ने बताए ।
अर्का जिल्ला सदस्यका उम्मेदवार एबम् वडा नं २ का निर्वतमान वडा सभापति डबल साउँदले पार्टीको आन्तरिक चुनाबमा एक पक्षको जित र अर्को पक्षको हार स्वभाविक भएपनि चुनाब पछिका दिनहरुमा यो पक्ष त्यो पक्ष नभनि सबैले एक जुट भएर मिलेर जानुपर्ने बताए । कार्यक्रममा नेविसंघका क्षेत्रिय सभापति गणेश शाहले नेतृत्वकर्ताले सही भूमिका खेलेमा अबको निर्वाचनमा काग्रेस बहुमतका साथ बिजयी हुने बताए । वडा सभापति धनराज जोशीले आफू बोलिमा भन्दा पनि काममा बिश्वास गर्नेमा रहेको बताए । वडा सभापति जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वडा सचिब लक्ष्मण बि.कले गरेका थिए । कार्यक्रममा नेपाली काग्रेसका वडा नगर, प्रदेश सभा र क्षेत्रका नेताहरुका साथै वडा नं २ का कृयशिल सदस्यहरुको सहभागिता रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.