कोरोना संक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु
अत्तरिया : धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कञ्चनपुरको दोधराचाँदनी नगरपालिका ७ की ४५ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दम र सुगर सम्बन्धी समस्या भई माघ २३ गते अस्पताल भर्ना भएकी थिईन् । सोही दिन उनको पिसिआर परिक्षण गर्दा उनको रिपोट पोजेटिभ आएको थियो ।