Agni Offset Press

खेलकुदलाई पर्यटनका रुपमा अगाडि बढाउन सकिन्छ : मेयर वड

Aarati simant

धनगढी : धनगढीले विकासको फड्को मारिसकेको उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बताएका छन् । धनगढीमा आजदेखि सुरु भएको धनगढी मेयर लिटिल फ्लावर प्रीमियर लिग ६ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कोभिडका कारणले धेरै गतिविधिहरूलाई अगाडि बढाउन नसकेता पनि उपमहानगरपालिकाले विकासमा फड्को मारेको छ,’ मेयर वडले भने, ‘ धार्मिक पर्यटन क्षेत्रहरू हामीले प्रशस्त तयार गरेका छौँ, प्रत्येक वडामा खेलकुद ग्राउन्डहरू, बाटोघाटो तयार गरेका छौँ ।’
यस्तै वडले स्वास्थ्यका क्षेत्रमा थुर्पै कामहरू गरिसकेको बताउँदै उपमहानगरपालिकाले कोभिडमा तीन वडा पुरस्कार समेत पाइसकेको बताए । अहिले उपमहानरपालिका भित्र खानेपानीको करिब ९ हजार बढी धारा तयार गरिसकेको उनले बताए । ‘पहिले चुनाव गर्दै गर्दा ८ सय धारालाई पनि खानेपानी पुग्ने सम्भावना थिएन,’ मेयर वडले भने, ‘तर अहिले हामीले उपमहानगरपालिका भित्र ९ हजार बढी धारा निर्माण गरी २४ सै घण्टा पानी दिने व्यवस्था गरेका छौँ ।’
यस्तै शिक्षा क्षेत्रमा पनि उपमहानगरपालिकालाई अगाडि बढाएको बताए । प्राविधिक हबका रूपमा उपमहानगरपालिकालाई अगाडि बढाउने तयारी गरिरहेको बताउँदै मेयर वडले अहिले ८ वटा प्राविधिक विद्यालयहरू सञ्चालन गरेको बताए । राष्ट्रलाई चिनाउने, राष्ट्रको विकास र समृद्धिका लागि खेलाडीको महत्वपूर्ण भूमिका रहने भएकाले उपमहानगरपालिका खेलकुद र खेलाडीको साथमा सधै रहने प्रतिबद्धता व्यक्त गरे ।
फागुन १४ गतेसम्म धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा आयोजना हुने एलपीएल–६ आजदेखि सुरु भएको हो । प्रतियोगितामा काठमाडौं, कैलाली र कञ्चनपुरका गरी १० वटा बिद्यालयको सहभागी रहेको आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.