राजनीति नियुक्तिको पद खान्न : काँग्रेस कैलाली सभापतिका दावेदार नेता वम
धनगढी : नेपाल काँग्रेस कैलालीको नेता प्रकाशबहादुर वमले केन्द्रिय सभपति र नेतृ आरजु राणाको नाम जोेडेर राजनीति गर्न कोहि खोज्दैछन् भने त्यो केन्द्रलाई विवादमा पार्ने काम हुने बताएका छन् । मंगलबार धनगढीमा कैलालीको पार्टी सभापतिको उम्मेद्वारी घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘कैलाली जिल्लामा सभापतिका लागि खुलेकाहरु सबै शेरबहादुर देउवा निकट व्यक्ति हुन् । कसैले यहाँ केन्द्रिय सभपाति र नेतृ आरजु राणाको नाम जोेडेर राजनीति गर्न खोज्दैछन् भने त्यो केन्द्रलाई विवादमा पार्ने काम हो’, उनले भने । ‘केन्द्रको कसैलाई समर्थन हुदैन् । सबै स्वतन्त्ररुपमा उम्मेद्वारी दिने छन् ।’ सभापति देउवाको नजरमा सबै समान रहेको उनले झिकिर गरे । उनले केन्द्रको अहिलेसम्म कुनै पनि व्यक्तिलाई आफ्नो समर्थन भएको कुरा नआएको जानकारी गराए ।
उनले आफ्नो बारेमा केहि अफवा फैलाएको बताउँदै राजनीतिक नियुक्तको जस्तोसुकै पदमा पनि नबस्ने दावी गरे । ‘म राजनीति गर्ने व्यक्ति हुँ जस्तोसंगै अफर आए पनि कैलाली पार्टी सभापतिको उम्मेद्वारी रहने छ’ उनले भने । कैलाली जिल्लाको अहिलेको कार्यवाहक सभापति समेत रहेका वमले दुई बर्ष देखि कैलाली काँग्रेसको पार्टी सभापतिको इच्छा राख्दै आएको बताए ।
‘जिल्ला कार्यसमितिमा १५ बर्षीय कार्यकाल बसेर अनुभव बटुलेको व्यक्ति हुँ । सदस्य, सचिव हुँदै उपसभापति सम्म’ उनले भने । ‘अवको लक्ष्य भनेको सभापति भनेर कैलालीका काँग्रेसलाई कसरी बलियो बनाउने भन्ने हो । ’ उनले गुट रहित कैलाली काँग्रेस बनाएर आगामी निर्वाचनमा जाने आफ्नो एजेण्डा रहेको बताएका छन् ।
कानुनको विद्यार्थी समेत भएको हुँदा पार्टीका विधान, नियमका बारेमा राम्रोसंग ज्ञान भएको बताउँदै लोकतन्त्र, समाजवाद र राष्ट्रियता काँग्रेसले किन अगालेको भन्ने बारेमा राम्रोसंग भएको उनले उल्लेख गरे । ‘अहिले आएर मेरो नाम र काँग्रेस पार्टी सभापतिको नाम जोडेर मलाई सभापति रोक्नका लागि अनेक हल्ला फिजाउँदै छन्’ उनले भने । ‘प्रकाश वमले पार्टी सभापति छोडी सकेको छन् । भूमि आयोग सदस्य बनाएको कुरा वाहिर आएको छन् । नारायाण भट्ट शेरबहादुर देउवाको आधिकारीक उम्मेद्वार भएको कुरा समेत वाहिर आएका छन्’, उनल भने । ‘यस कुनै कुरामा सत्यता छैन् ।
केन्द्रबाट भूमि आयोगको सदस्य बन्न भन्ने अफर आएको होइन कैलाली जिल्लाका केहि साथिहरुबाट भूमि आयोगको अध्यक्ष बन्न भन्ने अनुरोध गरेको हुन् त्यो मैले सिधै अस्वीकार गरिसकेको उनले बताए । ‘म राजनीति गर्ने व्यक्ति हो’, उनले भने । ‘आयोग मात्र होइन कुनै प्रकारका राजनीति नियुक्त म खादैन् ।’ केन्द्रबाट आयोगको सदस्य बन्ने अफर आए पनि नखाने दावी उनले गरे । उनले स्थानीय निर्वाचनमा एक भएर जाने एजेण्डा रहने बताए यस भन्दा अगाडि भएका गल्तीलाई सच्याउदैँ बढ्ने उल्लेख गरे ।
६० प्रतिशत भन्दा बढी साथिहरु मलाई चाहिने व्यक्तिहरु रहेको बताए । जिल्लामा आफ्नो पक्षमा अहिलेका महासचिव नरनाराण्या शाह ‘मनु’को समेत समर्थन रहेको उनले दावी गरे । मनु यस कैलालीको निवर्तमान सभापति हुन् । आफु टिम सहित जिल्ला अधिवशेनमा होमिने उनले दावी गरे । अग्रज नेताहरु ५ वटै निर्वाचन क्षेत्रबाट समट्ने गरी टिम तयार उनको दावी छ ।
नेपाली काँग्रेसको अधिवेशनहरु वडा देखि जिल्ला सम्म सम्पन्न भई सकेका छन् । कैलाली लगायत १६ जिल्लाको अधिवेशन यहि फागुन १३ गते हुँदै छ ।