Agni Offset Press

बन्दले कैलालीको जनजीवन प्रभावित, संकास्पद बस्तु फेला

Aarati simant

अत्तरिया : एमसीसीको विरोधमा नेकपा माओवादी विप्लव लगायतका दलहरुले गरेको बन्दले सुदूरपश्चिममा जनजीवन प्रभावित भएको छ । प्रदेश राजधानी रहेको कैलालीमा मन्त्रीका गाडीहरु समेत सञ्चालनमा बन्द कर्ताहरुले रोक लगाएका छन । लामो दुरीका सवारी साधन चलिरहेका छैनन् । विद्यालयहरु समेत पूर्णरुपमा बन्द छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार छोटो दुरीका सवारी अटो रिक्सा, मोटरसाइकल मात्र फाटफुट रुपमा सञ्चालन भएका छन । नागरिकलाई सुरक्षा प्रदान गर्न र कुनै अप्रिय घटना नघटोस् भन्ने हेतुले बिहान ५ बजेबाट नै प्रहरी परिचालन गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए ।


कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ स्थित पूर्वपश्चिम राजमार्गको धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ । फेला परेको उक्त वस्तु बम भएको आशंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मंगलबार कैलालीमा सक्रिय ६ दलीय मोर्चाले एक विज्ञप्ती जारी गर्दै आज नेपाल बन्द गर्ने बताएको थियो । मोर्चाले एमसीसी संसदबाट पारित हुन लागेको र यो सम्झौताले देश संकटमा पर्न सक्ने भएकाले त्यसको विरोधमा नेपाल बन्द गर्न लागिएको जनाएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.