Agni Offset Press

प्रदर्शनकारी माथि प्रहरीले हान्यो पानीको फोहरा

Aarati simant

काठमाडौँ : अमेरिकी सहयोग एमसिसीको विरोधमा उत्रिएका विभिन्न दलहरूले संसद भवन क्षेत्रमा वृहत्त प्रदर्शन गरेका छन् । बानेश्वरचोकदेखि पश्चिमतर्फको एभरेस्ट होटल अगाडि ठूलो सङ्ख्यामा भेला भएका उनीहरू राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर भन्दै प्रदर्शन गरिहरहेका छन् ।

विभिन्न दलको आह्वानमा भएको प्रदर्शनमा एमसिसी मुद्रावाद, राष्ट्रघाती सम्झौता खारेज गरे, एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन लगायतका नारा लगाएर उनीहरूले एमसिसीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

विभिन्न दलद्वारा आह्वान संसद भवन घेराउ कार्यक्रममा ठूलो सङ्ख्यामा प्रदर्शनकारीको भीड छ । तर संसद भवनमा आज संसद बैठक बसेको हुँदा प्रहरीले सोही क्षेत्र वरिपरि निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शनकारीलाई आउन दिइएको छैन ।

तर पनि एमसिसीविरुद्ध उत्रिएका प्रदर्शनकारीले निजामती अस्पताल नजिकैबाट सङ्घीय संसद भवनको दक्षिण गेटसम्म पुगेर प्रदर्शन गरिरहेका छन् । उनीहरू एमसिसी खारेज गर, एमसिसी चाहिँदैन, देश बेच्न पाइदैन् भन्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारी संसद भवनको गेटसम्मै पुगेपछि प्रहरीले बाध्य भएर प्रदर्शनकारी लेखेट्न पानीको फोहरासमेत प्रहार गरिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.