Agni Offset Press

कैलालीमा काँग्रेस इतर पक्षको पार्टी सुदृढीकरण प्रयास अभियान

Aarati simant

धनगढी : नेपाली काँग्रेस कैलालीको आसन्न अधिवेशनलाई लक्षित गरेर सुदृढीकरण प्रयास अभियान तीव्र बनाएका छ । बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलन मार्फत काँग्रेसमाइतर पक्षीय नेताहरुले अभियान गरिरहेका हुन् । नेताहरूले जिल्लामा काँग्रेसलाई आम नागरिकको भरोसा लाग्दो पार्टीका रूपमा रूपान्तरण गर्ने अभिभारा पुरा गर्न अभियानलाई वडा तहसम्म विस्तार गर्ने गरी कार्यक्रम अघि बढाइएको जनाएका हुन् ।

पूर्व केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराई, पूर्व जिल्ला सभापति गोविन्दराज जोशी, नेता वीरबहादुर हमाल, वर्तमान जिल्ला सचिव द्वय पूर्ण कुँवर र दीपकराज जोशी, रामचरण चौधरी, रामबहादुर कलेल लगायतका नेताहरूको अगुवाइमा झण्डै दुई महिनादेखि सुदृढीकरण अभियानमा सक्रिय देखिएका छन् ।
‘पछिल्ला वर्षहरूमा पार्टी सङ्गठनमा विचार, सिद्धान्त, आस्था, इतिहास र राजनीतिक–सामाजिक सवालहरूमा गम्भीर बहस र छलफलको पाटो निकै कमजोर भएको छ’ पत्रकार सम्मेलनमा वितरित अवधारणा पत्रमा भनिएको छ– नेतृत्व चयनका सन्दर्भमा पनि विचार र सिद्धान्तका साथै निष्ठा र अनुभवको साटो धन, बल, शक्ति र सत्ताको चरम दुरुपयोगको प्रवृत्ति हाबी भइरहेको पनि तितो सत्य हो ।

संस्थापन इतर पक्ष अर्थात् पूर्व केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराईले पार्टी नेतृत्वमा आफूसँग असहमत पक्ष तथा नेता कार्यकर्ताहरूलाई पाखा लगाउने ढङ्गले कारबाहीको अस्त्र प्रयोग गर्ने प्रवृत्ति बढेको आरोप लगाउँदै अवधारणा पत्र मार्फत भनेका छन्,– आफू नजिकका नेता कार्यकर्ताहरूको जस्तोसुकै गलत कार्यलाई ढाकछोप गर्ने र असहमत पक्षका नेता कार्यकर्ताहरूलाई अपमानमाथि अपमान गर्ने काम भइरहेको छ ।

अवधारणा पत्रमा भनिएको छ– पार्टीभित्र पछिल्ला वर्षहरूमा मौलाएको चरम गुटबन्दी र आफूसँग असहमत पक्षप्रतिको घोर पूर्वाग्रही सोच र व्यवहारका कारण पार्टी सङ्गठन कमजोर बनाउन मलजल गरेको छ । पत्रकार सम्मेलनमा नेताहरू भट्टराई, जोशी र कुँवरले आसन्न अधिवेशनमा छुट्टै प्यानलका रूपमा चुनाव लड्नेबारे छलफल भइरहेको बताए । पत्रकारहरूको जिज्ञासामा संस्थापन इतर पक्षका नेताहरूले यो विचार समूह केन्द्रीय नेता डाक्टर शेखर कोइरालाको भावनात्मक नेतृत्वमा अझ सशक्त ढङ्गले अघि बढिरहेको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.