गोदावरीमा काँग्रेसको संगठन विस्तारमा तिब्रता
अत्तरिया : गोदावरीमा काँग्रेसले संगठन विस्तारलाई तिब्र पारेको छ । काँग्रेसका नेताहरु वडा वडामा पुगेर गाउँ टोल कमिटी गठन गरिरहेको छ । यसै क्रममा गोदावरी वडा नम्बर १ मा विजयनगर २५ सदस्यीय टोल समिती गठन गरेको छ । आसन्न स्थानीय निर्वाचनमा वडा नम्बर १ मा जसरी पनि चुनाव जित्ने गरी समिती बिस्तारलाई तिब्र पारिएको एक नेताले बताए ।
गत स्थानीय तहको निर्वाचनमा वडा नम्बर १ मा संगठन बलियो भएपनि हार ब्यहोर्नु परेको उसको बुझाई छ । नगरपालिका भित्रका वडाहरुमा वडा समिति विस्तारको लागी क्षेत्रिय सभापती बसन्त रोकाया ललित सहितको टिम जुटेको छ । काँग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरेर नै उसले संगठन विस्तारलाई तिब्र बनाएको हो ।
गोदावरी नगरपालिकामा आफ्नो जितलाई जसरी पनि पक्षमा पार्ने नेताहरुको भनाई रहेको छ । पार्टी अधिबेशनका क्रममा बिभाजित भएको काँग्रेस भित्र दुई धार अहिले पनि कायम नै रहेको छ । तर चुनाव सम्म एक ढिक्का भएर निर्बाचनमा होमिने पार्टीको योजना रहेको नेताहरुले बताएका छन ।
एक क्रियाशीलले तीन सदस्य बनाउनुपर्ने
काँग्रेसका एक क्रियाशील सदस्यले तीन सदस्य बनाउनुपर्ने अभियान थालिएको छ । कैलाली क्षेत्र नम्बर ५ मा प्रत्येक काँग्रेसका क्रियाशील सदस्यले तीन जनालाई सदस्य बनाउने अभियान चलाईने भएको हो ।
क्षेत्र नम्बर ५ को क्षेत्रीय कार्य समितिले सो निर्णय गरेको बताइएको छ । बिहिबार धनगढीमा बसेको क्षेत्रीय कार्य समितिको बैठकले अबको एक वर्षमा झण्डै १५ हजार नेपाली काँग्रेसको सदस्य बनाउने निर्णय गरेको बताइएको हो । धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका दुई वडा रहेको कैलाली क्षेत्र नम्बर ५ मा झण्डै ५ हजार सदस्यहरु रहेका छन । एक जनाले तीन जना सदस्य बनाएमा झण्डै १५ हजार नयाँ सदस्यहरु एक वर्षमा थपिनेछन ।