Agni Offset Press

एलपिएल प्रतियोगिता–६ : सत्यवती र होलिल्याण्ड विजयी

Aarati simant

अत्तरिया : धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगिता अत्तरियाको सत्यवती एकेडेमी र होलिल्याण्ड विजयी भएका छन् । शुक्रबार भएको पहिलो खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जित दर्ता गरेको हो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले १९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो । उसका लागि सन्तोष कार्की र सन्दीप खत्रीले आक्रामक पारी खेले । ३९ बलको सामना गरेका सन्तोषले ८ छक्का र ५ चौकाको मद्दतमा ८० रन बनाए । सन्दीप खत्रीले १२ बलमै ६ छक्का र ४ चौककाको मद्दतमा अर्धसतकीय आक्रामक पारी खेले । त्यस्तै सुजन गौतमले २७ बलमा ४५ रन बनाए । गुरुकुलका दिनेश अधिकारी, जानु कस्गर र विशाल विक्रम केसीले समान २÷२ विकेट लिए ।
२१० रनको विजयी लक्षसहित मैदान उत्रेको गुरुकुलका कुनै पनि ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । उसका लागि सिराज बागवानले २६ तथा समीर रानाले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । गुरुकुललाई सस्तैमा समेट्न सत्यवतीका युवराज खत्रीले ३, आदील अन्सारी र सुजन गौतमले समान २÷२ तथा सन्दीप खत्री, नीरज भट्ट र सन्तोष कार्कीले १÷१ विकेट लिए ।
खेलको प्लेयर अप दी म्याच घोषित भएका सन्तोष कार्कीले सर्वाधिक छक्काको अवार्ड पनि पाए । गेम चेन्जर अवार्ड भने सन्दीप खत्रीले पाए ।
शुक्रबार भएको दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय तेघरी होलिल्याण्डसँग ५ विकेटले पराजित भयो । टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि खडक बोहराले ५ चौका र ४ छक्काको मद्दतमा ५१ बलको सामना गर्दै ६९ तथा प्रज्वल थापाले ५१ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहने । होलिल्याण्डका बलर जीत साउँले ३, सञ्जय बोहराले २ र अवि नारायण कोइरालाले एक विकेट लिए ।
१ सय ५८ रनको विजयी लक्ष पछ्याएको होलिल्याण्डले १७.२ ओभरमा ६ विकेट गुमाएर लक्ष भेट्टायो । होलिल्याण्डका लागि दीपक टमाटाले १८ बलमा ५ चौका र ४ छक्काको आक्रामक पारी खेल्दै ४९ रन बनाए । कृष्ण भट्टले ४२ बलमा नट आउट ४२, गजेन्द्र बोहराले २०, अविशेक पालले १९ र राज विश्वकर्माले १० रन बनाए । बलिङ तर्फ सैनिकका खडक बोहराले २ र गौतम केसी तथा हरिस धामीले १÷१ विकेट लिए ।
खेलको प्लेयर अफ दी म्याच होलिल्याण्डका कृष्ण भट्ट भए । गेम चेन्जर अवार्ड दीपक टमाटाले पाउँदा सर्वाधिक छक्काको अवार्ड खडक बोहरा र दीपक टमाटाले पाए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.