एमसीसीबारे मैले भनेको कुरा पुष्टि भयो : भीम रावल

काठमाण्डौँ : नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता नेपालको स्वाधीनताविरुद्ध रहेको र यसले देशलाई शक्ति राष्ट्रहरूको प्रतिस्पर्धाको भुमरी बनाउने भनेर आफूले भनेको कुरा अहिले पुष्टि भएको दाबी गरेका छन्।

एमसीसीका विषयमा अमेरिका र चीनले परस्पर विरोधी वक्तव्य जारी गरेपछि पूर्व रक्षामन्त्रीसमेत रहेका रावलले आफूले औंल्याएको कुरा अहिले व्यवहारमा देखिँदै गएको प्रतिक्रिया दिएका हुन्।
यसअघि माघ २७ गते दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायकमन्त्री डोनाल्ड लुले नेपालका शीर्ष नेताहरूलाई वासिङ्टनबाट सीधै फोन गरेर एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन नगरिए चीनको दबाब रहेको बुझिने भनेर चेतावनी दिएका थिए। नेपाली नेताहरूले भने अरू देशको सल्लाहमा नभएर नेपाल आफैँले एमसीसीबारे निर्णय गर्ने जवाफ दिएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.