सार्वजनिक गाडी मापसे गरेर चलाउँदा ट्राफिक प्रहरीको फन्दामा
अत्तरिया, ७ फागुन : अत्तरीयामा सार्वजनिक बिदाको दिन चलाइएको मोटरसाइकल ट्राफिक प्रहरीको फन्दामा परेको छ । शनिबार चालकले मादक पदार्थ सेवन गरेर से १ ब ८३८ नम्बरको सरकारी मोटरसाइकल चलाइरहेको पाएपछि ट्राफिक प्रहरीको नजर गएको हो । उक्त मोटरसाइकल डोटीस्थित दीपायल सिलगढी नगरपालिकाको रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।
नगरपालिकामा कार्यरत लेखापाल भक्तराज भट्टले मापसे गरेर मोटसाइकल चलाएको पाएपछि १ हजार जरिमाना गरिएको प्रहरी निरीक्षक गणेश उप्रेतीले बताए । उनका अनुसार सवारी चालकले बिदाको दिन मोटरसाइकल चलाउन प्रशासनबाट अनुमति लिएका थिए । उक्त मोटरसाइलमा एक युवती समेत सवार थिइन् । उनको परिचय खुलेन ।