Agni Offset Press

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Aarati simant

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको भजनी नगरपालिका-३ हुलाकी राजमार्ग अन्तर्गत बेलाबोजी भन्ने ठाउँमा सुपप्र ०१००८ प ४७२३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका चालक टीकापुर नगरपालिका-६ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर चौधरीको हिजो राति नै प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा परी बेहोस अवस्थामा भेटिएका उनलाई इलाका प्रहरी कार्यालय भजनीले स्वास्थ्य केन्द्र पुर्याएको जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.