Agni Offset Press

कांग्रेसको नगर, प्रदेश र क्षेत्रिय कार्यालय उद्घाटन

Aarati simant

अत्तरिया : अत्तरियामा नेपाली कांग्रेसको पार्टी कार्यालयको उद्घाटन गरिएको छ । गोदावरी नगरपालिका वडा नं १ स्थित बनखेतमा भाडाको घरमा संञ्चालित कांग्रेस गोदावरी नगर समिति, प्रदेश ख र क्षेत्र नं ४ को पार्टी कार्यालयको शनिबार संयुक्त रुपमा उद्घाटन गरिएको हो ।
एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि कांग्रेस केन्द्रिय सदस्य एबम् पूर्वमन्त्री एनपी साउँदले रिबन काटेर पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । यस अघि अत्तरियामा पार्टीको ब्यवस्थित कार्यालय थिएन् । अत्तरियास्थित रिङ रोडमा एउटा साघुुरो ठाउँमा पार्टी कार्यालय रहेकामा कुनै कार्यक्रम गर्न वा बैठक बस्नका लागि निकै समस्या हुने गरेको थिए ।
१४ औँ महादिवेशनवाट क्षेत्रिय सभापतिमा निर्वाचित युवा नेता बसन्त रोकाया ललित आएपछि पार्टीका कार्यहरुलाई चुस्त दुरुस्त बनाउनका लागि सबैको संगको सहकार्य र समन्व्यात्म भूमिका खेल्दै एउटा ब्यवस्थित पार्टी कार्यालयको स्थापना गरेका हुन् । अब पार्टीका हरेक गतिबिधिहरु संचालन गर्न र पार्टीप्रतिका सम्पूर्ण कामकारबाही कार्यालयमै बसेर संचालन गर्न सहज हुने क्षेत्रिय सभापति रोकायाले बताए ।
उनले आफूले जुन सुकै संस्थाको नेतृत्व गरेपनि पहिलो काम संस्थाको एउटा निश्चित कार्यालय खोलेर कार्यालयवाट काम कारबाहीहरु अगाडि बढाउने रहेको बताए । उनले झोलामा राखेर कार्यालयहरु संचालन हुन नसक्ने बताउदै उनले कुनै पनि संस्था होस वा पार्टी संचालनका लागि पहिला त्यसको आफ्नो ठाउँ वा कार्यालय हुन आवश्यक रहेको बताए ।
रोकाया अत्तरिया उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत हुन् । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेसका जिल्ला, क्षेत्र, प्रदेश र नगरका नेता तथा कार्यकर्ताहरुको बाक्ला उपस्थिति रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.