Agni Offset Press

नाराबाजीकाबीच संसदमा टेबल भयो एमसिसी

Aarati simant

धनगढी : अमेरिकी सहयोग परियोजना (एमसिसी) प्रतिनिधिसभामा टेबल भएको छ । अर्थमन्त्रीका तर्फबाट सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा एमसिसी सम्झौता टेबल गरेका हुन् । संसदको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने बताइएको थियो ।

एमसिसी संसदमा पेस हुँदैगर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको छ । नाराबाजीका बीचमै सञ्चारमन्त्री कार्कीले सम्झौता टेबल गराएका हुन् । सत्तारूढ गठबन्धनमा सहमति नभएपछि यसअघि यो सम्झौता टेबल हुन सकेको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बसेकै बैठकमा एमसिसी सम्झौता टेबल गर्ने पक्षमा थिए । तर, सहमति नजुट्न शुक्रबार यो संभव भएको थिएन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.