Agni Offset Press

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज पनि केहि ठाउँमा वर्षा र हिमपातको सम्भावना

Aarati simant

काठमाण्डौँ : आज पनि देशका केही भू(भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशको पहाडी भू-भागको केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविदले जनाएका छन् । आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा भने हल्का हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.