![Agni Offset Press](https://agnisamachar.com/wp-content/uploads/2024/08/Agni-Offset-Press-scaled-1.jpg)
गोदावरी नगरमा बैशाख २ गते देखि कक्षा ८ को परीक्षा
![Aarati simant](https://agnisamachar.com/wp-content/uploads/2022/07/Aarati-simant.jpg)
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा बैशाख २ गतेदेखि कक्षा ८ को परीक्षा संचालन हुने भएको छ । गोदावरी नगरपालिकाको आधारभूत तह कक्षा ८ को परीक्षा संचालन तथा व्यवस्थापन समितिको २०७८ फागुन ६ गतेको निर्णय अनुसार बैशाख २ गतेदेखि ९ गते सम्म परीक्षा संचालन गर्ने निर्णय भएको हो ।
गोदावरी नगरपालिकाको शिक्षा शाखाले आईतबार एक सुचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको छ । जसमा पहिलो दिन २ गते अनिवार्य अंग्रेजी , ३ गते अनिवार्य नेपाली , ४ गते बिज्ञान तथा वातावरण , ५ गते सामाजिक अध्ययन तथा जनसंख्या , ६ गते पेशा , व्यवसाय र प्रबिधि शिक्षा , ७ गते अनिवार्य गणित , ८ गते स्वास्थ्य , शारिरिक तथा नैतिक शिक्षा र ९ गते ऐच्छिक बिषय कम्यूटर वा गणितको परीक्षा हुने सार्वजनिक परीक्षा तालिकाको सुचनामा उल्लेख गरिएको छ ।
अन्य सबै परीक्षाहरु बिहान ८ बजेदेखी सुचारु हुने छन् भने ऐच्छिक बिषयको भने दिउँसो १ बजे परीक्षा तोकिएको छ । परीक्षा केन्द्र सम्बन्धि जानकारी अर्को सुचनामा दिइने भएको छ । कुनै आकस्मिक बिदा पर्न गएमा नगरपालिकाको पूर्व सुचना बिना परीक्षा स्थगित नहुने शिक्षा शाखा ले जनाएको छ ।
![Godawari Janhitma Jari Sandes](https://agnisamachar.com/wp-content/uploads/2024/08/galaxy-multiple-campus-add.jpg)