एकीकृत समाजवादी कैलालीले भोलिदेखि प्रशीक्षण अभियान चलाउने

धनगढी, ९ फागुन : नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी) कैलालीले प्रशीक्षण तथा संगठनको बैठक अभियान शुरु गर्ने भएको छ । फागुन ७ गते पार्टीका कैलाली जिल्ला अध्यक्ष भैरव रावलको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले जिल्ला भरी पार्टीको प्रशिक्षण तथा बैठकहरु लाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टीका भातृ तथा जनवर्गीय संगठनहरु लाई समेत परिचालन गर्न अभियान सञ्चालन गरेको जिल्ला कमिटी उपाध्यक्ष विमल जोशीले जानकारी दिए । जोशीका अनुसार फागुन १० गते अर्थात भोलि घोडाघोडी नगरपालिका, ११ गते बर्दगोरीया गाउँपालिका, १२ गते चुरे गाउँपालिका, १४ गते धनगढी उपमहानगरपालिका, १५ गते गोदावरी नगरपालिका, १६ गते गौरीगंगा नगरपालिका, १७ गते जोशीपुर गाउँपालिका, १८ गते भजनी नगरपालिका, १९ गते टिकापुर नगरपालिका, २० गते लम्कीचुहा नगरपालिका ,२१ गते जानकी गाउँपालिका र २२ गते महोन्याल गाउँपालीकामा पार्टीको प्रशिक्षण कार्यक्रम आयोजना गरीएको छ । प्रशिक्षणमा पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।
यसै गरी पार्टीको जनसंगठन अखिल नेपाल महिला संघ (समाजवादी) को चैत्र १४ गते, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको चैत्र २५ गते र चैत्र मसान्त भित्र अखिल नेपाल किसान महासंघ कैलालीको भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरीएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.