बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया : बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिलि थारुको बाघको आक्रमणबाट मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ।

निकुञ्ज नजिकै घर भएकी थारुलाई मंगलबार बिहान बंगुरको खोरमा गएको बेला बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। बाघको आक्रमणबाट गम्भीर घाइते भएकी थारुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। केही समययता बर्दियामा बाघको आक्रमण बढ्दै गएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.