स्थानीय चुनावको चर्चा : को–को छन् मेयरका दाबेदार ?
अत्तरिया : सरकारले बैशाख ३० गते स्थानीयतहको निर्वाचन तोकेसंगै विभिन्न ठाउँमा सभासम्मेलन, गोष्ठीहरु भईरहेका छन् । स्थानीय तहका उम्मेद्वारीमा क–कसको दावी रहेको भन्ने कुराले पनि चर्चा पाउन थालेको छ । सुदूरपश्मिको प्रमुख व्यपारिक केन्द्र धनगढीमा कसको उम्मेद्वारी रहने भन्ने कुराको चासो चौतर्फि छ । यसअघि निर्वाचनमा धनगढीका अहिलेका मेयर नृपबहादुर वडलाई स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका व्यवसायी गोपाल हमालले ठक्कर दिएपछि यसको चासो सबैलाई छ । धनगढी उपमहानगरपमा यस पटक पनि फेरि अहिलेका मेयर नृपबहादुर वड र गोपाल हमाल बीच नै प्रतिस्पार्धा हुने कुराले चर्चा पाएको छ ।
धनगढीमा मेयर नृपबहादुर वडले पुनः मेयरमै दोहोरिने बताईरहेका छन् । व्यवसायी गोपाल हमाल पनि यस पटक आफ्नो उम्मेद्वारी रहने बताएका छन् । उनी सामाजिक सञ्जालमा प्रचारमा सक्रिय भएका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीबाट राजेश भण्डारीको चर्चा छ । यस्तै नेकपा एमालले अझै मेयरको उम्मेदवार कसलाई उठाउने भन्ने बारे एकिन नभएपनि रणबहादुर चन्द र दुर्गा जोशीलाई अगाडि बढाउने तयारी थालेको एमालेका नेता बताउँछन् । समाजवादी पार्टीबाट मेयरका दावेदार राजेश भण्डारीले आफुले प्रचार सुरु गरिसकेका छन् ।
कैलालीको अर्को स्थानीयतह तथा प्रदेश राजधानी भएको गोदावरी नगरमा पनि मेयरको कसको दावीदारी रहने भन्ने चर्चा सुरु भएको छ । गोदावरीमा मुख्यतय काँग्रेस र एमाले बीच प्रतिस्पर्दा हुने चर्चा छ । यस्तै माओवादीले यस पटक गोदावरीमा राम्रो मत आफ्नो पक्षमा रहने दावी गरिरहेको छ ।
काँग्रेसले यस पटक स्थानीय निकायमा आफ्नो जित पक्षमा पार्ने दाबी गर्दै आएको छ । गत निर्वाचनमा गोदावरी नगरपालिकामा हार व्यहोरेको काँग्रेसले योपटक जसरी पनि जित्ने दाबी गर्दै आएको हो । गत निर्वाचना मेयरमा हारेका वीरेन्द्र भट्टलाई काँग्रेसले मेयरको रुपमा अगाडि सार्ने चर्चा छ । गोदावरीमा काँग्रेसको मेयरमा हेमप्रकाश उप्रेती, पुष्पराज जोशी, खेम साउँदको पनि दाबी रहेको चर्चा छ ।
यस्तै एमालेमा अहिलेका मेयर हरिसिं साउँद र नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट मुख्य दाबेदार रहेको चर्चा छ । एमाले गोदावरीमा भट्ट र साउँद अहिले एउटै समुहमा रहेका छन् । यस्तै नेता आनन्द भट्ट पनि मेयरको दावी रहेको चर्चा छ । एमालेबाट अलग भएको नेकपा समाजवादी र नेकपा माओबादीले पनि नगरपालिका भित्रका विभिन्न वडामा आफ्ना संगठन बिस्तार गरेको छ । काँग्रेससँग गठबन्धन नभएपपनि माओबादी र समाजबादी बिच गठबन्धन हुन सक्ने स्थानीय नेताहरुको बुझाई छ । गोदावरीमा माओवादीबाट उदब भट्टराई, मेघराज भट्ट, धर्म कुँवर मेयरमा चर्चा छ । समाजवादीले भने अहिलेसम्म मेयरमा कसैको पनि नाम चर्चामा आउन सकेको छैन् ।
यस्तै सुदूरपश्चिमको अर्को जिल्ला कञ्चनपुरका पत्रकार खेम भण्डारीले पनि भीमदत्त नगरपालिकाको मेयर बन्ने ईच्छा व्यक्त गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा भीमदत्तनगरपालिकाको मेयरको उमेद्वारा बन्ने बताएका छन । त्यसैगरी महाकाली अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले पनि भीमदत्त नगरपालिको मेयर बन्ने ईच्छा व्यक्त गरेका छन । भीमदत्त नगरपालिकाको मेयर कृष्णदत्त जोशी बोक्सरलाई बनाउनुपर्ने भन्दै उनका समर्थकहरुले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिरहेका छन । यस्तैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसका नेता हेमराज ओझा चर्चामा छन । उनी गत निर्वाचनमा मेयरमा पराजित भएका हुन । उनका समर्थकहरुले यसपटक मेयरमा हेमराज ओझा हुनुपर्ने भन्दै सहयोग गर्न आग्रह गरिरहेका छन । उनी कोरोना महाकारीका बेला आफै फिल्डमा खटिएर बिरामीहरुको उपचार, राहत वितरण र अक्सिजनको जोहो गर्नमा थिए । चुनावको मिति तोकिएसंगै विभिन्न नगरपालिका गाउँपालिका र वडा अध्यक्षका लागि समेत सामाजिक सञ्जालमा विभिन्न चर्चाहरु भइरहेका छन ।
चुनावका लागि निर्वाचन आयोग तीव्र तयारीमा जुटेको छ भने सुरक्षा निकायहरुले निर्वाचन सुरक्षा योजना बनाइरहेका छन ।