Agni Offset Press

कञ्चनपुरमा गाउँ पसेको जङ्गली हात्ती मृत भेटियो

Aarati simant

कञ्चनपुर : कञ्चनपुरको पुनर्वासमा हात्ती मृत फेला परेको छ। नगरपालिकाको वडा नम्बर २ अमरैयामा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको हो।

शनिबार सो हात्ती बिहान दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा देखिएको थियो। त्यसपछि हात्तीलाइ लालझाडी वन क्षेत्रमा फर्काउन वन कर्मचारी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उक्त दिनभर प्रयास गरेपनि उखु खेतभित्र पसेको जङ्गली हात्ती बुधबार दिउँसो मृत अवस्थामा फेला परेको बताइएको छ। करिब १० वर्ष उमेरको उक्त जङ्गली हात्ती बिरामी रहेको हुनसक्ने अनुमान गरिएको छ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.