Agni Offset Press

नवजीवन सहकारी सस्थाको नयाँ कार्यसमिति चयनको लागि बमको टिम सहित उम्मेद्वारी घोषणा

Aarati simant

धनगढी,११ फागुन : धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८ औँ वार्षिक साधारण सभाको तयारी तीव्र पारिएको छ । साधारण सभा मार्फत नयाँ कार्यसमिति समेत चयन हुने भएकाले चुनावी सरगर्मी समेत बढेको छ । नयाँ कार्यसमिति चयनका लागी संस्थाको फागुन २८ गते निर्वाचन हुँदै छ ।
नयाँ नेतृत्वको लागि देवबहादुर बम र रतन कठायत प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् । बमको समूहले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो प्यानल घोषणा गरेको छ । जसको उपाध्यक्षमा भरतराज जोशी रहेका छन् । यस्तै सदस्यहरूमा इन्दिरा जैशी , गोपालराज पाठक ,गोमाकुमारी अधिकारी, घनबहादुर शाह ,पदमराज सापकोटा ,प्रकाश जोशी, डा. महेशराज विष्ट रहेका छन् । यस्तै अन्य सदस्यमा माधव चौधरी, रबी कुँवर, विश्वनाथ ओझा, शिवकुमार फुलारा रहेका छन् ।
सोही समूहबाट लेखा समितिमा मदनराज ओझा ,गणेश प्रसाद उपाध्याय र सरस्वती कोली उम्मेदवार बनेका छन् । घोषणा सभामा बोल्दै अध्यक्षका उम्मेदवार देवबहादुर बमले संस्थालाई नयाँ उचाइमा पु¥याउन आफ्नो समूहको उम्मेदवारी रहेको बताए ।
उनले आफ्नो समूहलाई सबै पार्टी, संघ संस्था र सबै शेयर सदस्यको समर्थन रहेको जिकिर गरे । नवजीवन सहकारी संस्था २०५० सालमा ९ जना शेयर सदस्यले सुरु गरेका हुन् । हाल संस्थाका झन्डै ३० हजार शेयर सदस्य रहेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.