Agni Offset Press

सुदूरपश्चिम सहित देशका चार प्रदेशमा वर्षाको सम्भावना

Aarati simant

अत्तरियाः आज पनि देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश-१ का पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।

त्यस्तै, बिहीबार राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.