Agni Offset Press

अत्तरियामा भोली देखि महोत्सव, मन्त्री आलेले उद्घाटन गर्ने

Aarati simant

अत्तरिया : कैलालीको अत्तरियामा भोली देखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुने भएको छ । । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा भोलि देखि सुरु भएर यहि फागुन २५ गतेसम्म  सञ्चालन हुनेछ । महोत्सबको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

महोत्सबको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उदघाटन गर्ने कार्यक्रम तय भएको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष असोक देवकोटाले जानकारी दिए । अत्तरिया पूर्वरोडमा रहेको लामीताल परिसरमा महोत्सबको आयोजना गरिएको छ । महोत्सवमा सर्बसाधारणहरुलाई ५० र िवद्यार्धीहरुलाई ४० रुपैया टिकट दर रहने छ  । अपांग जेष्ठ नागरिक लगायतका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यबस्था समेत गरेको छ । यस अघि पुस २७ गते बाट हुने भनिएको महोत्सव कोरोनाका कारण स्थगित भएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.