Agni Offset Press

एमसीसीका कारण सरकारमा बस्न सकिदैन् : अध्यक्ष नेपाल

Aarati simant

धनगढी : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपालका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारबाट बाहिरिने खुलासा गरेका छन ।
बिहीबार धनगढीमा नेकपा एस निकट अखिल महिला संघ र युवा संघ नेपाल सुदूरपश्चिम प्रथम भेलाको कार्यक्रम उद्घाटन गर्न आएका अध्यक्ष नेपालले एमसीसी पास गर्नेगरी सत्तामा बस्न नसकिने जानकारी दिए ।
अध्यक्ष नेपालले एमसीसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको र यो गठबन्धन रहने नसक्ने बताए । एमसीसी नेपालको हितमा नभएकाले आफ्नो पार्टी केही बुँदा सच्याउनुपर्ने पक्षमा रहेको नेपालले बताए ।
नेपालले एमाले अध्यक्ष केपी ओलीले नै विभिन्न स्वार्थका लागी एमसीसी संसदमा पेस गरेको आरोप लगाए । एमसीसीलाई सम्झौता र संसदमा लैजाने काम केपी ओली नेतृत्वको सरकारले नै गरेका कारण उनीहरूले देशलाई संकटमा लैजाने काम गरेको नेपालको भनाइ छ ।
देशभक्तिका नारा लाउँदै केपी ओली नै राष्ट्रघाती काममा सहभागी भएको र अहिले पनि एमसीसी पास गराउनमा अघि बढेको उनले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.