Agni Offset Press

प्रतिनिधि सभाको संसद बैठक स्थगित

Aarati simant

काठमाडौं : प्रतिनिधिसभाको आज बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको छ । नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो ।
सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्नि सापकोटासँग छलफल गरेका छन् । केहीबेरपछि सूचना टाँस हुने संसद सचिवालय जनाएको छ ।
एमसीसी सम्झौतााथि सैद्धान्तिक छलफलको कार्यसूची रहेकोमा विहीबार माओवादीले मतविभाजन मागेर सरकारको प्रस्ताव असफल बनाउने सूचना पाएपछि प्रधानमन्त्रीले स्थगित गराएका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.