Agni Offset Press

कांग्रेस कैलाली जिल्ला अधिवेशन : १२ जना निर्विरोध निर्वाचित

Aarati simant

धनगढी, १५ फागुन : नेपाली काँग्रेस कैलालीको जिल्ला १४ औं अधिवेशनबाट १२ जना निर्विरोध भएका छन् । चार जना थारु महिला सदस्य, भुगोल महिला सदस्य, एक जोशीपुर भुगोल र एक महाधिबेशन प्रतिनिधी निर्वारोध भएको निर्वाचन अधिकृत टेकप्रशाद सुबेदीले जानकारी दिए ।

निर्विरोध निर्वाचित हुनेमा थारु महिला सदस्य कल्पनादेवी चौधरी, निर्मलाकुमारी चौधरी, फुलनदेवी बडायक र शारदा चौधरी रेहेका छन् । सदस्य भुगोल (कैलारी गाँपा) अनिता चौधरी, भुगोल महिला सदस्य (धनगढी) कल्याणी सिंह हमाल र सुशिला भट्ट रहेका छन् ।

त्यसैगरी भजनी (भुगोल महिला) नन्दा शर्मा, लम्की चुहा भुगोल महिला राधीका जोशी, मोहन्याल (भुगोल महिला) झरना सिजालीमगर, जोशीपुर भुगोल धनबहादुर मल्ल र महाअधिबेशन प्रतिनिधी भमिबहादुर शाह निर्विारोध निर्वाचित भएका छन् ।

आज जिल्ला सभापतिमा अहिलेसम्म तीन जनाको निर्वाचन हुँदै छ । संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा संस्थापन इतर पक्षबाट रामबहादुर कलेलको उम्मेदवारी परेको हो । यस्तै जिल्ला सभापतिमा दाबी गर्दै आएका नेता भीम बडुवाल भने पछि हटेका छन् । उनले संस्थापन पक्षबाट सभापतिका उम्मेदवार नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा उम्मदेवारी दिएका हुन् ।
उनको प्यानलाट उप–सभापतिमा रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन् । त्यसैगरी सभापति प्रकाश बमको प्यानलबाट उप–सभापतीमा खेमराज चौधरी र तेज शंकर भट्ट, सचिवमा खडक शाह रहेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.