यो व्याख्यात्मक होइन, भ्रमात्मक घोषणा हो : भीम रावल
काठमाण्डौँ : नेकपा एमालेका नेता भीम रावलले एमसिसीमाथि सरकारले गरेको व्याख्यात्मक घोषणा व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गरेका छन् । आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्लाखल्लाको बीचमा एमसिसीमा अनुमोदन गरिन लागिएको भन्दै आपत्ति जनाए ।
उनले कानुनको अभावमा यो सम्झौता पेस नै गर्न नमिल्ने भएको बताए । उनले एमसीसी दुई पक्षीय सम्झौता भएकाले नेपालले मात्र गरेर केही नहुने र यो ठग पत्र बाहेक अरु केही नभएको टिप्पणी गरे । सरकारले निर्लज्जताका साथ काम गरिरहेकोले इतिहासमा यो कलंकको रुपमा रहने बताए