नेपाल खेलकुद महासंघ सुदूरपश्चिमको प्रथम अधिवेशन : खेलाडीलाई जिम्मेवार बन्न एमाले सचिव भट्टको आग्रह
अत्तरिया : नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम प्रदेश ईञ्चार्ज लेखराज भट्टले युवा तथा खेलाडीहरूलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । सोमबार धनगढीमा भएको नेपाल खेलकुद महासंघ (नेकोस) सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधनमा एमाले सचिव भट्टले खेलका माध्यमबाट देशलाई विश्वभर चिनाउने भएको हुँदा इमान्दारीका साथ लाग्नुपर्ने बताए ।
नेता भट्टले अब सबै युवा, खेलाडीहरूले पनि नेपालीको मन जित्ने लोकप्रिय काम गर्ने बेला आएको र युवाहरूबाट नै एमालेले नेतृत्व खोजिरहेको जोड दिए ।
नेता भट्टल खेलकुद क्षेत्रमा राज्यको उल्लेख्य लगानी नहुँदा पनि आफ्नै खर्चमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपाललाई खेलका माध्यमबाट चिनाई रहेको बताए । नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनले प्रकाशबहादुर चन्दको नेतृत्वमा प्रदेश कमिटि समेत चयन गरेको छ । बुटवलमा भएको महाधिवेशनमा खेलको क्षेत्रमा हेर्ने छुट्टै संगठनको माग भए बमोजिम फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशव्यापीरुपमा प्रदेशस्तरिय नेपाल खेलकुद महासंघका अधिवेशनहरु सम्पन्न भईरहेका छन् ।
यहि फागुन १४ गते बागमती प्रदेशमा सम्पन्न गरेको अधिवशेन सोमबार सुदूरपश्चिम प्रदेशमा सम्पन्न भएको संघका केन्द्रिय अध्यक्ष प्रशुराम बस्नेतले बताए । यसपछि कर्णाली, मधेश हुँदै झापा पुगेर अधिवेशनहरु समापन हुने अध्यक्ष बस्नेतले बताए । मुलुक संघीयता गएपछि नेकोसका देश व्यापी रुपमा कमिटि चयन गरीरहेको बस्नेतको बनाईरहेको छ ।