Agni Offset Press

आज महाशिवरात्री, शिवालयमा दर्शनार्थीको घुँइचो

Aarati simant

अत्तरिया : फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाआराधना गरी आज देशभर मनाइँदैछ । दर्शनार्थीहरूको विभिन्न शिवालयहरूमा बिहानैदेखि घुइँचो छ ।
गोदावरी धाम, धनगढीको शिवपुरी धाम, लगायतका विभिन्न शिवालयमा भक्तजनहरुको घुइचो लागेको छ । यस्तै काठमाण्डौँको पशुपति क्षेत्र लगायत शिवालयमा पनि भक्तजनको घुइचो लागेको छ ।
पशुपतिमा दर्शन गर्न रुट मिलाइएको छ । जसअनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड(दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी(इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट(तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.