Agni Offset Press

माओवादी केन्द्र सुदूरपशिचम अध्यक्षमा ‘उत्सव’

Aarati simant

अत्तरिया : नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । माओवादी केन्द्रले निर्वाचनबाट पहिलो पटक नेतृत्व चयन गरेको हो ।
सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका मानबहादुर धामी लाई पराजित गर्दै चौधरी विजयी भएका हुन् ।
प्रदेश सम्मेलन उद्घाटन भएको ३ महिनापछि सोमबार निर्वाचन प्रणालीमार्फत माओवादी सुदूरपश्चिमले अध्यक्ष पाएको हो । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउदै विजयी भएका हुन् भने धामीले ९३ मत पाए ।
यस्तै अन्य ८ जना पदाधिकारी पनि टुंगो लगाएको छ । प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर विजयी भएका छन् ।
सचिवमा जनक बुढा, सह सचिवमा नन्दबहादुर साउद राजेन्द्र, रामबहादुर देवकर र अन्जिता श्रेष्ठ चयन भएका छन् । यस्तै कोषाध्यक्षमा कमल कुमारी शाह विजयी भएका छन् ।
निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मंसिरमा अध्यक्ष पदका आकांक्षीहरू धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले २२३ जना सदस्य मात्रै छनोट गरेको थियो । सोमबार निर्वाचनमार्फत पदाधिकारी टुंग्याएको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.